काठमाडौँ, जेष्ठ ५ – एनसेलले कोभिड-१९ सम्बन्धी नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेलले कोरोना परामर्श सेवा सुरु गरेको हो।“देशभरबाट २४ सै घण्टा यो सेवा निःशुल्क लिन सकिने एनसेलले जनाएको छ। कोभिड-१९ बारे कुनै पनि जिज्ञासा, सल्लाह तथा सहयोग आवश्यक भएका व्यक्तिले परामर्श सेवा उपयोग गर्न एनसेलले आग्रह गरेको छ।
धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीलगायतको विशेष टोलीको सहयोगबाट एनसेलले सेवा प्रवाह गर्ने जनाएको छ। उक्त टोलीले होम आइसोलेसनमा रहेका देशैभरीका कोरोना संक्रमित बिरामीहरुलाई फोनबाटै दैनिक निःशुल्क परामर्श सेवा दिने एनसेलले जनाएको छ। एनसेलको हटलाइन नम्बर ९८०५५५४५०० मार्फत् सेवा लिन सकिने जनाएको छ।
FACEBOOK COMMENTS