काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।
अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सकिने छ । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS