काठमाण्डौँ — एप्पलले आगामी ३ महिनाका लागि नयाँ आईफोनको उत्पादन १० प्रतिशतले कटौती गर्ने निकी एसियन रिभ्युले जनाएको छ ।
एप्पलले आफ्ना आपूर्तिकर्ताहरुलाई डिसेम्बरमा थोरै मात्र आईफोन उत्पादन गर्नका लागि भनेको थियो ।
जसको प्रारम्भिक योजना मार्चको त्रैमासिकमा तय भएको विषयसँग जानकार स्रोत उल्लेख गर्दै निकीले जनाएको छ ।
प्रविधि कम्पनीले आफ्नो योजनामा रहेको स्मार्टफोनको उत्पादन कटौती गरेको दुई महिनामा दोस्रो पटक हो ।
यो सबै नयाँ आईफोन मोडलहरु एक्सएस म्याक्स, एक्सएस र एक्सआरमा लागु हुनेछ ।
चिनियाँ अर्थतन्त्रमा देखिएको कमजोरी र चिनियाँ क्षेत्रमा आईफोनको आम्दानी अपेक्षा गरिए भन्दा कमजोर भएको कारणलाई आधार मान्दै आम्दानी निर्देशिकामा कटौती गरिएको हो ।
— कारोबार
FACEBOOK COMMENTS