काठमाण्डौं – आईफोन निर्माता कम्पनी एप्पल इंकको बजार मूल्य बढेर १० खर्ब अमेरिकी डलर पुगेको छ ।
विश्वको अगुवा प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढ्नुमा सेयर मूल्य मुल कारण रहेको छ ।
एप्पलको नाफा ३० प्रतिशत बढेको छ । उसको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । एप्पलको सेयर मूल्य बढेर २०७ डलर कटेको छ । यो हालसम्मको सबैभन्दा बढी मूल्य हो ।एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको अन्तराष्ट्रिय मिडियाले बताएका बताएका छन् ।
गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ ।
४२ वर्ष पुरानो एप्पल बुधबार अमेरिकाको सर्वधिक महंगो कम्पनी भएको हो । चीन सरकार स्वामित्वको पेट्रोचाइनाको रेकर्डलाई एप्पलले तोडेको बताईएको छ ।
–ऐजेन्सी
FACEBOOK COMMENTS