काठमाण्डौँ – एभरेष्ट इन्स्योरेन्स कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निस्काशन खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले १४ लाख ३ हजार ३ सय २५ कित्ता सेयर निस्काशन गर्न लागेको हो ।
निस्काशन गरिने सेयर संस्थापक समुह अन्र्तगतको रहने कम्पनीले जनाएको छ ।
यस सेयरका लागि पुष २२ गते सम्म आवेदन दिन सकिने छ ।
बीमा समितिले दिएको पुँजी बृद्धिको लक्ष्य भेट्टाउन हकप्रद सेयर जारी गर्न लागेकोे कम्पनीले जनाएको छ ।
करिब ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्न पनि हकप्रद सेयर जारी गर्न लागिएको हो ।
FACEBOOK COMMENTS