काठमाडौं, भदौ २२ । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक भएको नयाँ ब्याजदरमा बैंकले साधारण बचतमा ६ प्रतिशत, मुद्दतितर्फ व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै हाल बैंकले विभिन्न २७ किसिमका बचत खाता संचालन गर्दै आएकोमा सबैभन्दा धेरै ब्याज ६ प्रतिशत छ भने सबैभन्दा थोरै ४ प्रतिशत रहेको छ ।
एभरेष्टबाट कर्जाको लिनेले १५.७५ प्रतिशत सम्म ब्याज तिर्नुपर्नेछ भने ट्रम लोन, विभिन्न शिर्षकका ओभरड्राफ्ट लोन लिनेले १७.७५ प्रतिशत ब्याज तिर्नुपर्ने बैंकले जनाएको छ । असार मसान्तसम्म बैंकको बेस रेट ८.२१ प्रतिशत रहेको छ ।
साथै बैंकबाट भेहिकल लोन लिनु परेमा १४.८७ प्रतिशत ब्याज लाग्ने छ भने हाउजिङ लोन लिँदा १५.३७ प्रतिशतसम्म लाग्ने छ । बैंकबाट शैक्षिक कर्जा लिनु परेमा १५.१२ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
FACEBOOK COMMENTS