काठमाडौं, कात्तिक २४ – एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेर ३३ करोड ४७ लाख ६४ हजार मात्र नाफा गरेको छ। कोरोनाका कारण ऋणीहरुले समयमा नै ऋण तिर्न नसक्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको नाफा ह्वात्तै घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार नाफा गरेको थियो।
नेपाल राष्ट्र बैंकले बैंकहरुले विभिन्न नाममा लिइने सेवा शुल्क घटाएपछि बैंकको सन्चालन आम्दानी पनि घटेको छ भने निक्षेपमा बढी र कर्जा प्रवाहमा कम ब्याज लिदा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ।
यस अवधिमा खुद ब्याज आम्दानी २८ प्रतिशत अर्थात् बैंकको खुद ब्याज १ अर्ब २ करोड ३२ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा भने बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड २५ रुपैयाँ पुगेको थियो।
FACEBOOK COMMENTS