काठमाडाैं, १९ माघ – एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै धादिङको धार्केमा १०१ औं नयाँ शाखा खोलेको छ ।
धादिङको धुनिबेसि नगरपालिका धार्केमा स्थापित उक्त शाखा मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठूलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।
हाइवेसंगै रहेको यस शाखामा एटीएम सेवा २४ घन्टा खुल्ला रहनेछ, जसबाट ग्राहाकहरुलाई अझै सुविधा पुग्ने बैंकले बिश्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS