काठमाडौं, फागुन १८ – एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
नयाँशाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामनि सिवाकोटीले गरेका थिए । सोही समारोहमा डेपुटी गर्भनर र प्रमुखकार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।
चेक डिपोजीट, यूटिलिटी बिलभुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवाप्रदानग र्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्यवरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।
इबीएलको हालग्राहक संख्या १० लाखभन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै Best Managed Commercial Bank, 2019 बाट सम्मानित हुनुका साथैै Camels Rating अन्तर्गत Best Rated commercial Bank बैंक बन्न सफलभएको छ । बैंकले ९५ स्थानियशाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवाप्रदानगदै आईरहेको छ ।
FACEBOOK COMMENTS