काठमाडौं, माघ १९ – स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिँदै एभरेष्ट बैंकले किर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।
सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS