काठमाडौं । एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ ।शिव कुमार उद्योगी शशिकान्त अग्रवाल तथा सुमित कुमार अग्रवालकाका बुबा हुन् ।
अग्रवालको भारतको चेन्नाईमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकाे छ ।
लामो समय मुटुलगायत विभिन्न रोगबाट ग्रसित अग्रवालको उपचारका क्रममा निधन भएको हो ।
अग्रवालको शबलाई भोली शुक्रबार अन्त्यष्टि गरिने पनि पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अग्रवालले एमएस ग्रुप बनाएर धागो उद्योग, चिनी उद्योग, स्टील उद्योग र काठमाडौंमा तारे होटल समेत खोलेका थिए ।
अन्तराष्ट्रिय स्तरको ट्रेडिङ हाउस स्थापना, टेड्रिङ व्यवसाय सुरु गर्ने उद्देश्यले उनले एमएस ग्रुप बनाएका थिए ।
१९८१ मा टेक्सटाइल मिलको स्थपना गरेपछि ग्रुप थप मजबुत बन्यो । त्यस्तै १९८७ मा एउटा आर्किलिक स्पीनिङ मिल ग्रुपको प्रोफाइलमा जोडियो । त्यसछि विस्तार र विविधिकरणको युग सुरु भयो जुन आजसम्म पनि निरन्तर छ।
ग्रुप देशको प्रमुख वित्तीय संस्था तथा बैङ्क र विमा कम्पनीमा एमएस पनि आवद्ध रहेकोे छ ।
FACEBOOK COMMENTS