काठमाडौं, चैत ९ – पीएसजीले फ्रेन्च लिग वान फुटबलमा सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । एमबाप्पेको दुई गोलमा पीएसजीले सहज जित हात पारेको हो । लियोनको मैदानमा १५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा डानिलो पेरिएराले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो । खेलको ५२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४-० ले अघि रह्यो ।
खेलको ६२ औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई ४-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा लियोनका म्याक्स्वेल कोर्नेटले गोल गरेपनि पीएसजी ४-२ ले विजयी भयो । लियोनविरुद्ध दुई गोल गरेसँगै २२ वर्षीय एमबाप्पे फ्रेन्च लिग वन फुटबलमा १०० गोलको कोशेढुंगा पूरा गर्ने सर्वाधिक युवा खेलाडी चुनिए ।
जितपछि पीएसजी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । पीएसजीले ३० खेलमा ६३ अंक जोडेको छ । लियोन ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS