काठमाडौं, वैशाख ३० – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच मध्यमार्गी सहमति जुटेको छ । बिहीबार चपलीस्थि व्यवसायी रामेश्वर थापाकोको घरमा भएको दुई नेताबीचको छलफलले पार्टी एकता जोगाउन मध्यमार्गी बाटो खोजेर सहमति जुटाएका हुन् ।
भेटवार्तामा नेता नेपालले राखेको ६ बुँदे प्रस्तावबारे घनिभूत रुपमा छलफल भएको छ । तर, ती सबै विषयमा एकमुष्ट सहमति कायम गर्न कार्यदल बनाउने दुई नेताबीच सहमती भएको बताइएको छ । तर, कार्यदलको विषयमा भने टुंगो लगाइएको छैन ।
नेता नेपालको प्रस्तावमाथि ओली सकारात्मक भएको स्वयम् नेता नेपालले नै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।
FACEBOOK COMMENTS