काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व छनोटका लागि मतदान हुन ढिलाइ भएको छ । विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्न गर्न अझै ४–५ घण्टा लाग्ने बताइएको हो । सुरुको कार्यक्रम तालीका अनुसार आज १० बजेबाट मतदान सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म पनि कुनै सुरसार छैन । १० बजेबाट १ बजे भनियो । फेरि ४ बजे भनिएको छ । ‘सुरुमा आएको उम्मेदवारको सुचीमा फेरबदल भएर फेरि नयाँ सुची आएको छ । त्यसैले समय लाग्छ । भोटिङ मेसिनका प्राविधिक राम रिमालका अनुसार नेतृत्वबाट अहिले नयाँ फाइनल लिस्ट आएको र त्यसमा उम्मेदवारका नामहरू तलमाथि भएकाले सच्याउन समय लाग्ने भएको छ। नाम सच्याएर मेसिनमा ’रि–इन्ट्री’ गर्नुपर्ने भएकाले मतदान सुरु हुन साँझ ७ देखि ८ बज्न सक्ने रिमालले बताए।
FACEBOOK COMMENTS