नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा रावलले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
दशौं महाधिवेशनमार्फत ओलीले आगामी कार्यकाल पनि पार्टीको नेतृत्व सम्हाल्ने तयारी गरिरहेको समयमा रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई चुनौती दिएका हुन् ।
एमालेमा प्राय सबै नेताहरूले दशौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै दोहोर्याउनुको विकल्प नभएको बताइरहेका बेला रावलले उनलाई चुनौती दिएका हुन्।
FACEBOOK COMMENTS