काठमाडौं, वैशाख २३ – नेकपा एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत भएका छन् ।तत्कालीन मुख्य सचेतक केशव पाण्डे प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।
दलका नेता एवम् वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेका हुन् ।निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज वागमती प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइएको छ ।
FACEBOOK COMMENTS