काठमाडौँ ,फाल्गुन २२- प्रहरीका अनुसार सुनसरी दुहबी नगरपालिका-८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो।
मंगलबार साँझ ६ बजे सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी उनको राति १२ बजे नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।
यस्तै, मोरङ ग्रामथान गाउँपालिका-४ का २५ वर्षीय धिरज माझीको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ।
शुक्रबार साँझ ६ बजे कटहरी-७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यस्तै, कञ्चनपुरमा मोटरसाइकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय लालबहादुर चौधरी रहेका छन्।
उनलाई शुक्रबार साँझ कञ्चनपुरको कृष्णपुरदेखि अत्तरियातर्फ जाँदै गरेको से७प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे थियो।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीको शनिबार बिहान उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।
ठक्कर दिने मोटरसाइकल चालक धनगढी उप-महानगरपालिका वडा नम्बर-३ का मदन रानालाई प्रहरीले नियन्त्रणमा छन्।
FACEBOOK COMMENTS