काठमाण्डौँ —मलेसियाको एयर एसियाले असोज २७ देखि नेपालमा गर्दै आएको उडान बन्द गर्ने भएको छ ।
काठमाडौं विमानस्थल र पर्यटन बोर्डलाई कम्तीमा साढे २५ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।
मलेसियाका लागि जाने नेपाली कामदारहरूलाई लक्षित गर्दै ६ वर्षअघि क्लालम्पुर–काठमाडौं–क्लालम्पुर रुटमा सस्तो भाडादरमा ३७७ यात्रु क्षमताको वाइडबडी विमान उडान थालेको थियो ।
एयरलाइन्सको नेपालस्थित जेनरल सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ गु्रप अफ कम्पनीको विवाद लम्बिँदै गएपछि उडान नै बन्द गर्ने अवस्थामा पुगेको हो ।
हाल सातामा मंगलबार र शुक्रबार गरी दुई दिनमा खुम्चिएको यसको अन्तिम उडान असोज २६ पछि हुने छैन ।
‘अब साँवातर्फ ५ करोड र १३ करोड विलम्ब शुल्क बाँकी रहेको काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।
यसबाहेक यस एयरलाइन्सले पर्यटन बोर्डलाई बुझाउन ७ करोड ६६ लाख रुपैयाँ पर्यटकबाट उठाएको रकम बुझाउन बाँकी रहेको बोर्डका सीईओ दीपकराज जोशीले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS