काठमाडौं,बैशाख ९- कोभिड १९ विश्व भरि एक महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले नेपाली नागरीकको स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै श्रृङ्खलाबद्ध रुपमा महत्वपूर्ण निर्णयहरु लिइरहेको छ । सन्त्रास र संकटको यस घडीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) नेपालले आफ्नो ग्राहकहरुलाई लकडाउनको पालनागरि घरमै बस्न आग्रह गरेको छ । साथै जीवनबीमाको प्रिमियम शुल्क तिर्नुपर्ने भएमा लकडाउन पूर्णरुपमाखुले पछि मात्र तिर्न सूचित गरेको छ । लकडाउन पछि तिर्दा ढिलो तिरे बापतलाग्ने जरिवानातिर्न नपर्ने कुरा पनि जानकारी गराएको छ ।
सोहीक्रममा एलआइसी नेपालले आफ्नो विज्ञापन एजेन्सीको् साथमामहामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको छ । महामारीको समयमा रहेको जिवनशैली एलआइसी नेपालले दिएको सुविधाहरुलाई प्रकाशपारिएको सो विज्ञापन केबल मोबाइलफोन प्रयोग गरि बनाइएको हो । आफ्नो प्रकार मध्येको पहिलो विज्ञापन रहेको एलआइसी नेपालको यो विज्ञापन आपैmमा उदाहरणीय रहेको दावी गरेको छ । अभिनेता राजेश रोय तथा अभिनेत्री साक्षी लम्सालले आ–आफ्नो भागलाई आफ्नै घरमा खिचेका हुन् । ब्लिज एड्भरटाइजिङ्ग एण्ड रिसर्च प्रा. लि.का कृएटिभ प्रमुख राजेश रोयले स्कृप्ट लेखन, निर्देशन, सम्पादन तथा अन्तिम उत्पादन गरेको हो । एलआइसी नेपालले आफ्नो यो विज्ञापन मार्फत सबैलाई नियम र कानून कडाईका साथपालनागर्न प्रोत्साहन गरेको छ ।
FACEBOOK COMMENTS