काठमाडौं, पुस ७ – विगत करिब १ वर्षदेखि विश्व कोरोनाभाइरसको महामारीबाट जुझिरहेको छ । यसलाई समाप्त पार्न विश्वभरीमा लगातार शोध जारी रहेको छ । कयौ देशले कोरोना समाप्त पार्नका लागि खोप बनाउने कामलाई युद्ध स्तरमा जारी राखेका छन् । तर, हालै भएको यो अध्ययनले एलईडी लाईटले कोरोनाभाइरस समाप्त पार्ने दावी गरेको छ ।
शोधकर्ताका अनुसार परावैजनी (यूभी) प्रकाशले कोरोनाभाइरसलाई सफलतापूर्वक समाप्त पार्न सक्छ । उनीहरुका अनुसार यो प्रविधि सस्तो पनि छ । जर्नल अफ फोटो केमिस्ट्रि एन्ड फोटो बायोलोजीमा प्रकाशित शोधका अनुसार वैज्ञानिकले भाइरसलाई फरक–फरक तरंगवाला यूभी–एलईडी विकिरणको कीटाणुशोशक दक्षताको अनुमान गरेका थिए । जसमा कोभिड–१९ भाइरस पैदा गर्ने सार्स–कोभ–२ लाई पनि समावेश गरिएको छ ।
FACEBOOK COMMENTS