काठमाण्डौँ — ग्यास उद्योगी/व्यवसायीहरु एलपी ग्यास बिक्री वितरण गर्न सहमत भएका छन् ।
मंगलबार राति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग पूरा गर्न तीन बुँदे सहमति भएपछि ग्यास वितरण हुने भएको हो ।
आयल निगम र एलपी ग्यास संघका पदाधिकारीहरुबीच निगमले गठन गरेको समितिले उद्योगी व्यवसायीका माग अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्ने भएको छ ।
त्यसैगरी वाणिज्य तथा आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थ व्यवस्थापन तथा सुधारको मार्गचित तय गर्न उच्चस्तरीय समिति गठन गर्ने र व्यवसायीले मंगलबारदेखि नै आन्दोलनका कार्यक्रम स्थगन गरी ग्यास बिक्री सुचारु गर्ने समझदारी बनेको छ।
समझदारी पत्रमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन्।
उद्योगीले विरोधका कार्यक्रम घोषणा गरेलगत्तै बजारमा ग्यासको कृत्रिम अभाव देखिएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS