काठमाडौं, भदौ ३० – दि कलेइडोस्कोप–नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२०को शुरुवात् गत २०७६ माघ ७ गते नेपालका आर्किटेक्चरल कलेजहरुमा अध्ययन गरेका २०७२ समुहका ३६ जना विद्यार्थीहरुको सहभागीता थियो ।
उनीहरुलाई दिइएको परियोजना ललितपुर महानगरपालिकाको नगर कार्यालय भवन–ब्लक बी डिजाइन गर्ने थियो । यसरी प्रस्तुत परिकल्पनाहरु मध्ये उत्कृष्ट ठहर भएका ५ जना विजेताहरुको घोषणा यही २०७७ भाद्र २१ गते ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनमा आयोजना गरिएको एक कार्यक्रमबीच एशियन पेण्ट्स र ललितपुर महानगरपालिकाका प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा तथा विद्यार्थीहरु र प्राध्यापकहरुको जुम एप मार्फत् भएको उपस्थितिमा गरिएको थियो ।
प्रतियोगिताको विजेता आइओइ पूर्वाञ्चल क्याम्पसका शुभम् कार्की थिए र उनले पुरस्कार स्वरुप एशियन पेन्ट्स तर्फबाट ७० हजार र ल.पु.महानगरपालिका तर्फबाट २५ हजार नगद पुरस्कार जिते । यसैगरी आइओइ थापाथली क्याम्पसकी सुनिता गुरुङ्ग द्वितीय घोषित भएको थियो र वनले द्वितीय पुरस्कार वापत् एशियन पेन्ट्सको तर्फबाट ४० हजार र ल.पु.महानगरपालिकाको तर्फबाट २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको तृतीय पुरस्कार आइओई थापाथली क्याम्पसका प्रवासा बज्राचार्यलाई प्रदान गरिएको थियो र उनले पुरस्कार वापत् एशियन पेन्ट्सको तर्फबाट ३० हजार र ल.पु.महानगरपालिकाको तर्फबाट १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै सान्त्वना पुरस्कारका २ जना विजेताहरु आइओई थापाथली क्याम्पसका दिप्गेस्ट कटुवाल र आइओइ पुल्चोक क्याम्पसका विवेक हिमालयले पुरस्कार वापत् एशियन पेन्ट्स र ल.पु.महानगरपालिकाको तर्फबाट १०/१० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । र अन्य १० सहभागी विद्यार्थीहरुलाई ल.पु.महानगरपालिकाले पाँच÷पाँच हजार रुपैयाँ नगद प्रदान गर्ने भएको छ ।
यसरी डिजाइन गरिएकाहरु डिजाइन छनौट गरेर उनीहरुको अवधारणा र परिकल्पनालाई नेपाली आर्क जगत्का ख्याति प्राप्त व्यक्तित्वहरु–आर्किटेक्चर इन्द्र बहादुर श्रेष्ठ, आर्किटेक्चर पुनम शाह, प्रो. निवास विर सिंह कंसाकार, आर्किटेक्चर मिरा ज्ञवाली भट्टराई, आर्किटेक्चर सुरज खनाल र इन्जिनियर कुमार महर्जनको टोली रहेको निर्णायक मण्डल समक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो ।
प्रतियोगितामा एक्मे इन्जिनियरिङ्ग कलेज, आइओई पुल्चोक क्याम्पस काठमाडौं इन्जिनियरिङ्ग कलेज, नेपाल इन्जिनियरिङ्ग कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ्ग, ख्वप इन्जिनियरिङ्ग कलेज, आइओई थापाथली क्याम्पस र आइओई पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
FACEBOOK COMMENTS