काठमाडौं, चैत १३ – एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे ।
कम्पनीकाे बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट अधिकारीको परिवारलाई मृत्यु दाबी बिहिबार ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमती इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीकाे अनुसार अधिकारीले २०७५।०६।२१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । निधन भएको बीमितले बीमा शुल्क बापत ३ वर्षको अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।
FACEBOOK COMMENTS