काठमाण्डौँ – एस.एम.एल. ईसुजु ईन्डियाले गोल्डफिश इन्टरनेशनलसँग साझेदारी गर्ने भएको छ ।
लक्ष्मी समुह अन्तर्गत गोल्डफिश इन्टरनेशनल (एक सहायक संस्था), अब नेपालका लागी एस. एम. एल. ईसुजु सवारी साधनको लागी आधिकारीक विक्रेता भएको छ ।
यस सम्झौतासंगै गोल्डफिश इन्टरनेशनल अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारी साधन व्यवसायमा प्रवेश गरेको हो ।
नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको छ ।
यस प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक ३एस सेवा र एक २एस सेवा सुविधा शुरु गर्न गईरहेको छ ।
त्यसैगरी पोखरामा एक ३ एस सुविधा, बनेपामा एक २एस सुविधा, पाँचखालमा एक २ एस सुविधा र धादिङमा एक २एस सुविधा शुरु गरिने भएको छ ।
FACEBOOK COMMENTS