काठमाडौं, फागुन ३- एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा साधारण तारेखमा रिहा भएका छन्। सरकारी वकिल कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ राणालाई रिहा गरेको हो।
उनीविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले मुद्दा चलाउनुपर्ने अवस्था नरहेको आदेश जारी गरेको मुख्य न्यायाधीवक्ता गोकुल निरौलाले जानकारी दिए।
संघीय इकाई प्रहरी कार्यलय धरानका एसएसपी राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले गत माघ १९ मा पक्राउ गरेको थियो।
यसअघि ती महिलाले आफू राणाबाट बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएकी थिइन्। उनको उजुरी दर्ता भएसँगै गृहमन्त्रालयले एसएसपी राणालाई पदबाट निलम्बन गरेको थियो।
FACEBOOK COMMENTS