काठमाण्डौँ — राष्ट्र बैंक ऐन पारित भएको करिब डेढ वर्ष नपुग्दै संशोधनको तयारी भएको छ ।
डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित समितिले राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनका लागि आन्तरिक गृहकार्य सुरु गरेको हो ।
ऐनमा रहेका कमजोरी अध्ययन गरी सुझाव दिन समितिले काम सुरु गरेको डेपुटी गभर्नर सिवाकोटीले बताए ।
पहिलो बैठकमा समितिका हरेक सदस्यले ऐनमा भएको कमजोरी औंल्याउने र ती विषयमा छलफल गरी अन्तिम निर्णय गरिने सिवाकोटीले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्र बैंक, धितोपत्र र बिमा ऐन संशोधन गरिने उल्लेख छ ।
FACEBOOK COMMENTS