काठमाण्डौँ — दुई वर्षपहिले अवरुद्ध ओखलढुंगाको एकमात्र विमानस्थल रुम्जाटारबाट अझै हवाई उडान सञ्चालनमा आउन सकेको छैन।
रुम्जाटारबाट नेपाल वायुसेवा निगम र विभिन्न निजी हवाई कम्पनीले उडान गर्दै आएका थिए।
अहिले रुम्जाटार विमानस्थल घुमघाम गर्ने र खोटाङ र सोलुतिर उडान भरेका जहाजमा समस्या आए आपतकालीन अवतरण गर्ने स्थल मात्रै बनेको छ।
तीन वर्षअघि कालोपत्रे गरिएको विमानस्थल यात्रु अभावको बहानामा दुई वर्षपहिलेदेखि उडान अवरुद्ध भएको हो।
यात्रु अभाव भएको भन्दै नेपाल वायु सेवा निगमले रोकेको उडान सुरु गर्न निमगसमक्ष नगरपालिकाले आग्रह गरे पनि सुनुवाइ नभएको मेयर मोहनकुमार श्रेष्ठले बताए।
— नागरीक
FACEBOOK COMMENTS