काठमाडौँ, अशोज २९ – स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ । ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो ।
देशभर छरिएर बसेका यूवाप्रतिभालाई आफ्नो कला प्रस्तुतगर्न तथानिखार्न यो प्लेट फर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ ।
FACEBOOK COMMENTS