काठमाडौं – ओपोले नेपाली बजारमा नयाँ मिड–रेञ्ज स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सुपर फुल नोच स्क्रिन सहित ६.२ ईञ्च स्क्रिन भएको एथ्रीएस सार्वजनिक गर्न लागेको हो ।
कम्पनीको मिड–टायर स्मार्टफोन भएतापनि यसमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८.८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएका छन् ।
फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
कम्पनीले ओपो एथ्रीएस २ जीबी र्याम र १६ जीबी आन्तरिक सञ्चय क्षमताका साथ सार्वजनिक गरिने जानकारी दिएको छ ।
फोनमा कलरओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ ओरियो उपलब्ध गरिनेछ । नयाँ स्मार्टफोनमा १३ एमपी प्लस २ एमपी डुअल रियर क्यामेरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको ब्यवस्था गरिएको छ ।
फोनमा कम्पनीले विशेषगरी यूवा लक्षित ‘म्यूजिक पार्टी’ फङ्सनपनि उपलब्ध गराएको छ ।
FACEBOOK COMMENTS