काठमाडौँ — ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौता पछि ओम डेभलपमेन्ट बैंकले देशभर रहेका ५३ शाखा कार्यलयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ ।
FACEBOOK COMMENTS