काठमाडौं, चैत २० — ओयो होटेल एण्ड होम्सले लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि लकडाउनमा छ । यो घडिमा ओयोपूर्ण ऐक्यवद्धताका साथ देशसँग खडा छ र सरकारले लिएको कदमहरुलाई समर्थन गर्दछ र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्नेछ ।
आज अप्रिल १ तारिखदेखि शुरु भएर चयनगरिएका ओयो होटेलल ेदेशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निशुल्क आवासको सुविधा प्रदान गर्नेछ । लकडाउनमा सरकारलाई सहयोग पु¥याउने उद्देश्यका साथ ओयोले यो पहलविशेष रुपमा र केवल नेपालकालागि मात्र शुरु गरेको छ । सरकारले सिफारिस गरेको सम्पूर्ण चेकजाँच र उपायहरुप्रति कम्पनी पूर्ण नमनशील छ । होटेल मालिक र कर्मचारीहरुकालागि पूर्ण सुरक्षा सुनिश्चित गर्न, पर्यटकहरुलाई चेक इन गर्नु अगावै कोरोना भाइरसका लक्षणहरु जाँचेर कोरोना नलागेको पुष्टि गरिनेछ । सम्पूर्ण ओयो होटेल मालिकहरुलाई यो भाइसर फैलिनबाट रोकथाम गर्नका लागि स्वास्थ्य र सुरक्षितउपायहरु अनुसरण गर्न आदेश दिइएको छ ।ओयो होटेल मालिकहरु, कर्मचारी र अतिथिहरुको स्वास्थ्य र सुरक्षा प्रमुख प्राथमिकतामा रहने भएकाले ओयोले निरन्तर स्थीति अनुगमन गरिरहेको छ ।
ओयो होटेल नेपालकालागि कन्ट्री हेड श्री विक्की योल्मोलेभने “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो र यो चुनौतिपूर्ण समयमा पनिहामी संचालनमा रहेका छौं । एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं । हामी नेपालमा लकडाउनमा फसेकाहरुकालागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं । यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रोहदसम्म सके जति सबै गर्नेछांै ।”
ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थपजानकारीकालागिग्राहक सेवा ०१४२१७४७मा सम्पर्क गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS