काठमाडौं, मंसिर ९ – भारतको ट्याक्सी कम्पनी ‘ओला’ले भारतीय बजारमा विद्युतीय स्कुटर ल्याउने तयारी थालेको छ।
योसगैँ भारतमै स्कुटर निर्माण गर्न विभिन्न राज्यहरुसगँ छलफल गरिरहेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
स्कुटर उत्पादनको लागि ओलाले नेदरल्यान्डको कम्पनी ‘इटर्रगो बिभी’ अधिग्रहण गरिसकेको छ। कम्पनीले अर्को वर्ष जनावरीमा पहिलो इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक गर्ने बताएको छ।
भारतमा पहिलो स्कुटर लन्च गरेकै वर्ष १० लाख युनिट बेच्ने कम्पनीको लक्ष्य छ। यसले कम्पनीलाई भारतमा स्कुटर निर्माण गर्न सघाउने छ।
अहिले भने ओलाले ‘इटर्रगो बिभी’ कै प्लान्टमा स्कुटर बनाउने छ। लागत कम लाग्ने भएकोले भारतमै विद्युती स्कुटर उत्पादन गर्न कम्पनीले पहल गरेको हो।
FACEBOOK COMMENTS