काठमाडौं, पुस १८ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्न चालेको कदमको जतिसुकै निन्दा गरेर पनि नपुग्ने बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै झाक्रीले प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने अधिकार नै नभएको भन्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटनाको निर्णय गरेपछि सत्तारुढ नेकपा विभाजित बनेको छ। पार्टी विभाजनमा प्रचण्ड–नेपाल समूहमा रहेकी नेतृ झाक्रीले ओलीको कदमलाई असंवैधानिक भएको दोहोर्याएकी छन्।
उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेको र हावादारी गफ दिएको आरोपसमेत लगाएकी छन् । काम गर्न नसक्दा संसद जानुको साटो संसद नै विघटन गर्नु गलत हुने उनको तर्क छ ।
‘भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो। हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो। काम गर्न सकिनँ भनेर जाने संसदमा हो। संसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन’, झाक्रीले ट्वीटरमा लेखेकी छन्, ‘यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।’
FACEBOOK COMMENTS