काठमाडौं, चैत ४ –नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओलीले दिएको धम्कीबाट नडराउन आग्रह गरेकी छन् ।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।उनले आफूहरुको लागि पद ठूलो कुरा नभएको बताएकी छन् ।“ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइन,” उनले भनिन्, “कम्युनिष्ट आन्दोलन जोगाउनु ठूलो कुरा हो । ”सभालाई सम्बोधन गर्दै नेतृशाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अपमान आफूहरुले धेरै सहेको बताएकी छन् ।
पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।“ओली सच्चिनुहुन्छ कि भनेर प्रयास गर्यौँ तर सकेनौँ । आफ्नै नेताहरुको अपमान गर्ने काम उहाँबाट भयो,” उनले भनिन्, “हामीले यो बीचमा धेरै पीडा भोग्यौँ । अपमान सह्यौँ ।”