काठमाडौं । एमालेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित अदालतमा उपस्थित हुन सर्वाेच्चले आदेश दिएको छ।
कर्णालीका ४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन नगर्नू भन्दै सर्वाेच्च अदालतले जेठ २७ गते आदेश दिएको थियो । यस आदेशमा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई आधिकारिक कमिटी मान्न अस्वीकार गरिएको थियो ।
सो आदेश पुनरावलोकनका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट भ्याकेट निवदेन दिइएको थियो । सो निवेदनमाथि मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले सुनुवाई गरी आदेश जारी गरेको हो ।
FACEBOOK COMMENTS