काठमाडौं, पुस २८ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हुन गएकाहरू दुई/चार महिनापछि फर्कने बताएका छन्। जनयुद्धदेखि प्रचण्डसँगै रहेका नेकपाका नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्ट अहिले मन्त्री छन्।
उनीहरूतर्फ संकेत गर्दै प्रचण्डले दुई/चार महिनामा उनीहरू आफूहरूसँगै हुने गरी आउने बताएका छन्।
पोखरामा मंगलबार आयोजित भेलामा प्रचण्डले भने, ‘कोही मन्त्री पाएपछि गएका छन् तिनका कुरा छोडौं। दुई/चार महिनामा फर्कन्छन्।’ मन्त्री हुन गएकाहरू फर्केपछि के जिम्मेवारी दिने भन्नेबारे त्यसबेलै सोच्ने पनि बताएका छन्।
‘जतिदिन भए पनि मन्त्री हुनुभएको छ। राम्रोसँग सुत्नुहोला,’ उनले भने।
FACEBOOK COMMENTS