काठमाडौं, माघ २८ – नेकपा नेता रामचन्द्र झाले झुटलाई डेन्टिङपन्टिङ गर्ने तानशाह भएको बताएका छन् । बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले दुनियाँका तानशाहरुको शैली नै सत्य लुकाएर झुटोको सहारा लिने भएको भन्दै ओलीलाई हिटलरसँग तुलना गरेका हुन् । उनले ओलीको राष्ट्रवाद नांगिएको भन्दै मदन भण्डारी फाउन्डेसनलगायतका उनी संलग्न संस्थाहरु कहाँबाट चलेका छन् भनेर हेरे नै पुष्टि हुने बताए ।
उनले ओलीले पानी जहाज चलाउने नाममा नेपालको पानी भारत पठाउने काम गरेको बताए । ‘३ बर्षमा बन्ने पुल सात बर्षमा बनेको छैन, रेल आयो भनेर घुम्टोले छोपेर राखेको छ । त्यसैले ओलीको राष्ट्रवाद विकास केही रहेन’झाको भनाइ छ । ‘तिमीले गरेको अँध्यारोलाई म कसरी बिहानी भनूँ ?’ भन्दै प्रश्न गरे । उनले केपी ओलीले पार्टी र संविधान नै छिन्नभिन्न बनाएको आरोप पनि लगाए ।
FACEBOOK COMMENTS