ओली सरकारकाे एक वर्ष: बलियाे जग निमार्ण, आर्थिक क्षेत्र सकरात्मक
कर्पोरट खबर
12:15 pm, बिहीबार, फाल्गुन २, २०७५
काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश बासीको नाममा संबोधन गरेका छन् । सरकार गठन भएको एक वर्ष भएको अवसर पारेर प्रधानमन्धी ओलीले संबोधन गरेका हुन् ।
संबोधनमा उनले सरकारको पहिलो वर्ष आधार वर्ष भएकाले परिणाम नदेखिएको बताए । उनले भने‘यो वर्ष हामीले संघिय संरचना निमार्ण , नेपालको २०७२ सालको संविधान अनुसारका कानुन निमार्ण लगाएको काम गरी देशमा वैदेशिक लगानीका लागि वातावरण तयार पयौं।’
‘यस अवधीमा ४ सय ९९ वटा उद्योग दर्ता भई जम्मा १ खर्ब ९८ अर्ब रुपैयाँको लागनी प्रस्ताव आएको छ । विदेशी लगानी तर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्व ८३ करोड रुपैयाँ लागानी प्रताव आएको छ ’ प्रधानमन्त्री ओलीले भने ।
सरकारले यस अवधीमा विशाखापट्नम वन्दरगाहा र विरगंज बीच निकासी पैठारी गरिदा विद्युतिय कार्गो ट्रयाकिङ प्रणालीको शुरुवात हुनुको साथै कोलकत्ता र हल्दिया बन्दरगाहाबाट रेल मार्फत हुने पैगारीमा विद्युतिय कार्गो ट्रयाकिङ शुरु हुन लागेको बताए ।
प्रगति
- चोभारमा कन्टेनर फ्रेट डिपो निमार्ण कार्यको सिलन्यास
- नेपालको पानी जनताको लगानी कार्यक्रमको शुरुवात
- परराष्ट्र नीतिमा उल्लेखनिय प्रगति
- अन्तराष्ट्रिय मञ्चमा दीगो विकास लगायतका विषयमा नेपालको धारणा
- आर्थिक अवस्था सकरात्मक दिशामा लगाएत थुप्रै काम
- महंगी नियन्त्रणमा
- कम्पनी दर्ता संख्या २६.७ प्रतिशतले वृद्धी
- औद्योगीक उत्पादनमा बैंक तथा वित्तिय संस्थाहरुको लगानी २८.३ प्रतिशतले वृद्धी
- औद्योगीक वस्तु, निमार्ण सामाग्री र पूँजी निमार्णमा सहयोग पुग्ने बस्तुको आयत ३२.१ प्रतिशतले वृद्धी
- कर्जा लगानी २०.३ प्रतिशतले वृद्धी
- पर्यटक आगमनमा ३२.५ प्रतिशतले बढे
- २ हजार हेक्टरमा थप सिचाई
- धान उत्पादनमा ८.९ प्रतिशतले वृद्धी
- तरकारी उत्पादन १६.५ प्रतिशतले वृद्धी
- युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत १७ हजार युवा स्वरोजगार
- वैदेशिक रोजगारीमा जाने ३९.१ प्रतिशत कमि तर रेमिट्यान्स ३०.२ प्रतिशतले वृद्धी
- निजी क्षेत्रका कामदारको ३९ प्रतिशत पारिश्रमिक वृद्धी
FACEBOOK COMMENTS