काठमाडौं, २० मंसिर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेश गरेका प्रस्ताव छलफलका लागि आइतबार बस्ने स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको हो।
शनिबार बसेको सचिवालय बैठकले प्रस्तावमाथि ठोस निर्णय गर्न नसकेपछि स्थायी कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपाको स्थायी कमिटी बैठक आइतबार, २१ मंसीरमा दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।
FACEBOOK COMMENTS