काठमाडौं, पुस ५ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनमतको अपमान गरेको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले आज आइतबार आकस्मिक मन्त्रिपरिषदको बैठकबाट प्रतिनिधिसभाको विघटनको सिफारिस गरेसँगै नेता पौडेलले दुई तिहाइको सरकारले जनमत लत्याएको बताएका हुन्।
‘दुईतिहाइको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘जनमतको योभन्दा ठूलो अपमान अर्को केही हुनै सक्दैन ।’
उनले संसद विघटनको सिफारिससँगै केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा नाङ्गो भएको आरोप पनि लगाएका छन्। ‘स्थापना भएदेखि उदांगिएको ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको छ। ओलीक्रेसीको प्रतिवाद गरौ देशलाई थप संकटमा जानबाट रोकौँ’ पौडेलले लेखेका छन्।
FACEBOOK COMMENTS