काठमाण्डौँ — ‘नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्रांगारिक कृषि मेला–२०७५’ को तयारी पूरा भएको छ ।
राजधानीको भृकुटीमण्डपमा हुने मेलाको आयोजना नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको हो ।
मेलामा सार्क मुलुक र चीनसहित ४५ वटा देशका व्यवसायीको स्टल र ५० वटा अर्गानिक स्टल एवं अन्य स्वदेशीसहित कुल २ सयवटा स्टल रहने महासंघका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक उमेशप्रसाद सिंहले जानकारी दिए ।
मेला २३ गतेदेखि २७ फागुनसम्म सञ्चालन हुने जनाइएको छ ।
७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS