काठमाडौं– औद्योगिक प्रवर्द्धन बोर्डको बैठक कात्तिक २९ गते बस्ने भएको छ ।
उद्योगमन्त्री मातृका यादबले प्रत्येक महिना बोर्डको बैठक बस्ने भने पनि ६ महिना पछि बैठक बस्न लागिएको हो ।
६ महिनासम्म बोर्ड बैठक नबस्दा दुर्इ अर्ब रुपैयाँ भन्दा ठूला लगानीका उद्योगको फाइल स्वीकृत हुन सकेको थिएन् भने दर्जनौं उद्योगका क्षमता वृद्धिका फाइल पनि उद्योग विभागमा अलपत्र परेका थिए।
विहिबारको बैठकमा उद्योगहरुको क्षमता वृद्धि, उद्योगको वर्गीकरणमा वर्ग थप र एकल बिन्दु सेवा केन्द्र सञ्चालनको वारेमा छलफल हुने जनाइएको छ ।
FACEBOOK COMMENTS