तनहुँ (माग्दे)१९ वैशाख तनहुँको म्याग्दे गाउँपालिकाले कक्षा १ देखी ८ सम्मको परिक्षाकाे नतिजा अागमी २४ वैशाखमा प्रकाशित गर्न ३१ बिद्यालयलाई निर्देशन दिएको छ । काेभिड -१९ काे रोकथाम , नियन्त्रण र उपचारका लागि सरकारले गरेको लकडाउनका कारण परिक्षाकाे नतिजा प्रकाशित हुन सकेको थिएन । गाउपालिकाले फागुन २७ देखि ५ चैत्रसम्म ८ कक्षाको परीक्षा संचालन गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले लामो समयसम्म परिक्षाकाे नतिजा प्रकाशित नहुदा विद्यार्थी तथा अभिभावक अन्योलमा परेकाले नतिजा प्रकाशित गर्ने निर्णय गरेको बताए । ‘कक्षा ८ मा ३ सय ८२ जना विद्यार्थी छन् । त्यस्तै, म्याग्दे गाउपालिका अन्तर्गत रहेका सामुदायिक तथा निजी सबै विद्यालयलाई २४ वैशाखमा कक्षा १ देखि ९ सम्मकाे नतिजा प्रकाशन गर्न शुक्रबार टेलिफाेन,ईन्टरनेट, ईमेल,म्यासेन्जर मार्फत निर्देशन दिएका छाै’ प्रमुख प्रशासकिय अधिकृत नागिलाले बताए । सरकारले घोषणा गरेको लगडाउनकाे विधि र प्रकृयालाई पुर्ण रूपमा पालना सहित विद्युतिय संचार माध्यमलाई उच्चतम प्रयाेग गरि नतिजा प्रकाशित गर्ने गरि कामलाई अगाडि बढाउन विद्यालयका प्र.अलाई निर्देशन दिएका छौ’ प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने ।
म्याग्दे गा.पा.मा ३५ विद्यालय मध्ये ९ मावि, ४ अाधारभुत,२२ प्रावि छन् । विद्यालयकाे नतिजा प्रकाशित गर्ने स्थानीय तहमध्ये म्याग्दे गा.पा पहिलाे हुनेछ । ‘विद्यालयले अाईतवार देखि दैनिक प्रशासन शाखा खुल्ला गरि परिक्षाकाे कामलाई अगाडि बढाउने गरि काम गर्न विद्यालयका प्र . अ. लाई निर्देशन दिएका छौ’ शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले भने । विद्यालयले परिक्षाको नतिजा सुचना पाटिमा टास गर्ने र विद्यार्थी तथा अभिभावकलाई ईमेल,ईन्टरनेट,मार्फत जानकारी दिनेछन् । विद्यालयले परिक्षाकाे नतिजाकाे जानकारी गाउँपालिकालाई पनि अनिवार्य दिनेछन ।
FACEBOOK COMMENTS