काठमाडौं । दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एक खानी भत्किँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ । दुर्घटना लुआलाबा प्रान्तको मुलोन्डोमा रहेको कालान्डो खानीमा भएको हो ।
प्रान्तीय आन्तरिक मन्त्री रोय कोउम्बा मायोन्डेले पक्रकार सम्मेलनको त्रममा भारी वर्षा र पहिरोको जोखिमका कारण खानीमा प्रवेश निषेध गरिएको बताए । यसका बाबजुद पनि अवैध खानी कामदारहरू जबरजस्ती खानीमा प्रवेश गरेका थिए ।
कङ्गोको सरकारी निकायले घटनास्थलमा सैनिकहरूले गोली चलाउँदा खानी कामदारहरू आत्तिए, जो त्यसपछि खानीमाथिको पुलतिर दौडे, जसले गर्दा पुल भत्कियो ।
घटनाको भिडिओ पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिसहरू खानीमुनि उभिएका देखाइएको छ । अचानक खानीको ठूलो भाग भत्किएपछि धेरै मानिसहरू पुरिएका थिए ।
कङ्गो कोबाल्टको विश्वको सबैभन्दा ठूलो उत्पादक हो । विद्युतीय सवारीसाधन र अन्य परियोजनाहरूका लागि लिथियम–आयन ब्याट्री बनाउन कोबाल्ट प्रयोग गरिन्छ । यस मध्य अफ्रिकी देशको ८० प्रतिशत उत्पादन चिनियाँ कम्पनीहरूले नियन्त्रण गर्छन् ।

FACEBOOK COMMENTS