कञ्चनपुर, वैशाख १८ – कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।
महाकाली अस्पतालमा उपचार गराइरहेका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको हो ।
त्यस्तै होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको आज शनिबार बिहान मृत्यु भएको बताइएको छ ।
FACEBOOK COMMENTS