काठमाडौं, आश्विन १० – कोरोनाका कारण प्रवासमा असहज परिस्थितिमा परेका र नेपाल फर्कनै पर्नेहरूलाई उद्धार गर्ने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट सहजिकरण उडान भईरहेका छन् ।
आज दोहाबाट नेपाल एयरलाईन्सले ४६ औँ सहजिकरण उडान गरेको छ । उक्त उडानमार्फत ३ महिलासहित १४७ जना नेपाली उडेको राजदूतावासबाट प्रोटोकल ड्युटीमा खटिएका द्वित्तीय सचिव प्रवीण भट्टराईले दिएका हुन् ।
नेपालीहरुको कर्मथलो कतारमा दुर्घटना तथा बिभिन्न कारणले ज्यान गुमाउने नेपालीहरुको संख्या दैनिक रुपमा बढीरहेको छ । पछिल्लो ९ महिनामा मात्र १०९ जना नेपालीहरुको ज्यान गएको छ । हालसम्म कतारमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । १८ जनासहित थप १२ जनाको कतारमै अन्त्येष्टी गरिएको छ ।
१२ जना बिभिन्न कारणले मृत्यु भएका र नेपालबाट परिवारले कतारमा अन्त्येष्टी गर्न सहमति दिए पछि मात्र अन्त्येष्टी गरिएको नेपाली राजदूतावासका द्वित्तीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिएका छन् । भट्टका अनुसार लकडाउन यता ७५ वटा शव नेपाल पठाई सकिएको छ भने ४ जनाको शव कतारको शव गृहमा रहेको छ ।
FACEBOOK COMMENTS