काठमाडौं, चैत २७ – कतारमा कोरोना संक्रमणबाट एकै दिन ८ जनाको मृत्यु मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३९, ४४, ४५, ५२, ५३, ७३, ८२ र ८६ वर्षीय नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३२० पुगेको छ । त्यस्तै २४ घण्टामा ९४० नयाँ सङ्क्रमित थपिएको छ भने ५२७ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार २०१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६७ हजार ८४० पुगेको छ । अहिलेसम्म कतारमा ९ लाख ८७ हजार ६७३ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS