काठमाडौं, मंसिर १९ – दोहा-कतारमा दुई नेपालीले नसिर अल अलि अवार्ड्स प्राप्त गरेका छन् । अवार्ड्स पाउनेमा तपन कुमार राई र मोहन बहादुर थापा रहेका छन् । उनीहरु कतार स्थित आई एस ओ मान्यता प्राप्त नसिर अल अलि ईन्टरप्राइजेजबाट कम्पनीमा सम्मानित भएका हुन । दश बर्ष देखी सोही कम्पनीमा कार्यरत राई र थापाले गरेको मेहनतको कदर र श्रमको सम्मान गर्दै कम्पनीले उक्त अवार्डबाट विभूसित गरेको कम्पनी प्रमुख नसिर अल अलिले बताए ।
कम्पनीले दुई नेपालीहरुसँगै दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई पनि जनही १५ हजार कतारी रियल सहित सम्मान गरेको छ। ईन्टरप्राईजेजका प्रमुख अलिले सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत तपन कुमार राई सन् २०१०मा कतार आएका हुन ।
शुरुवाती दिनमा उनले निर्माण क्षेत्रमा काम गरे र त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भए । नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किएका राई निर्माणसम्बन्धि धेरै काममा पोख्त छन् । उनी नसिर अल अलि ईन्टरप्राईजेजमा काम गर्न पाएकोमा एकदमै खुसि व्यक्त गर्छन् । अर्का मोहन बहादुर थापा पनि सन् २०१०मै कतार आएका हुन । शुरुमा उनले सहयोगी अर्थात् हेल्परको रूपमा काम गर्थे भने हाल निर्यातमा काम गर्छन् ।
कार्यक्रममा बोल्दै नसिर अल अलिले आफ्ना कर्मचारीका लागी आफु सधै तयार भएको बताए । “म बोस भन्दा पनि गार्जियन हो” उनले भने । उनले मैत्रीपूर्ण व्यवहार गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।
FACEBOOK COMMENTS