काठमाडौं, २९ माघ- दैनिक एक कप ब्ल्याक कफीले हार्ट फेलको खतरा १२ प्रतिशतसम्म घटाउँछ । २१ हजार मानिसहरु भएको अनुसन्धानपछि यो आँकडा जारी गरिएको हो । अनुसन्धानका अनुसार कफीमा भएको एन्टिअक्सिडेन्टले शरीरमा हुने इन्फ्लेमेसन अथवा शरीर सुन्निने समस्या कम गर्छ, त्यसैले भविष्यमा हृदयघात हुने खतरा घट्ने गर्छ ।
अमेरिकन हार्ट असोसिएशन जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानमा समावेश कोलोराडो स्कूल अफ मेडिसिनका प्राध्यापक डेविड काओ भन्छन्, ‘धेरैजसो मानिसहरुले सोच्छन् कि कफी र क्याफिन मुटुका लागि खराब हुन्छन् किनभने यसले रक्तचाप बढाउँछ । तर नयाँ अनुसन्धानका अनुसार कफीले हृदयघात हुने खतरा घटाउँछ । यो खतरा घटाउनका लागि मानिसले आफूलाई धुम्रपानबाट टाढा राख्नुपर्छ ।’
अमेरिकी वैज्ञानिकले यो अनुसन्धानमा २१ हजार मानिसको डाटा जम्मा गरे । दैनिक ०,१,२ र ३ कप कफीपछि यसको असर हेरियो । अमेरिकन कलेज अफ कार्डियोलोजीकी एक अनुसन्धाता भन्छिन्, ‘दैनिक ३ कप कफी पिउनुहुन्छ भने हार्ट पल्पिटेशनको खतरा १३ प्रतिशतसम्म कम हुन्छ ।’
चाइना मेडिकल युनिभर्सिटीले हालै गरेको आफ्नो अनुसन्धानमा प्रोस्टेट क्यान्सरको खतरा १० प्रतिशतसम्म काम गर्नका लागि कफी पिउनुपर्ने बताएको छ । चिनियाँ अनुसन्धाताका अनुसार क्यान्सरसँग जुधिरहेका व्यक्तिले कफी पिइरहेका छन् भने निकै हुने प्रक्रिया १६ प्रतिशतसम्म बढ्छ । यसअघि भएको अनुसन्धानमा यो प्रमाणित भइसकेको छ कि कफीले कलेजो, स्तन र आन्द्राको क्यान्सरको खतरा घटाउँछ ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार अनुसन्धाताले कफीको कम वा बढी प्रयोग गर्ने मानिसहरुलाई प्रोस्टेट क्यान्सरको खतराबारे सम्झाए । यसमा ती मानिसहरु समावेश थिए जसले दैनिक एक वा दुई कप वा सोभन्दा बढी कफी पिइरहेका थिए । अनुसन्धानमा प्रोस्टेट क्यान्सरका ५७,७३२ बिरामीको डाटा पनि समावेश गरियो ।
चिया र कफीमा पाइन् क्याफिनको सीधा असर दिमागमा पर्छ । यसले दिमागसँग जोडिएको त्यो न्यूरोट्रान्समिटरलाई ब्लक गरिदिन्छ जसले तपाईं थाक्नुभएको जानकारी दिन्छ । त्यसैले तपाईं फ्रेश महसुस गर्नुहुन्छ ।
FACEBOOK COMMENTS