दिपक पराजुली
हेटौडा, ०५ श्रावण – समाबेशी आयोगका कार्यवाहक अध्यक्ष बिष्णु ओझाले समाबेशी आयोगले कम समयमा पनि धेरै काम गरेको बताएकी छन । अध्यक्ष ओझाले यहि संघीय संसद प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको बैठकमा सांसदहरुले उठाएको जवाफ दिदै उक्त कुरा बताएकी हुन । समाबेशी आयोग नया संबैधानिक आयोग हो, जसमा १ जना अध्यक्ष र ४ जना सदस्य गरि ५ जना रहने व्यवस्था भए पनि ओझाको एकल समितिले काम गरिरहेको छ । आयोगको अध्यक्षमा पुर्व सचिब डा. शान्तराज सुबेदी २०७६ चैत्र ७ मा नियुक्त भएका भए पनि करिब ५ महिनाको छोटो अवधि मात्र काम गरि राजिनामा दिएका थिए । अध्यक्षको राजिनामा पछि सदस्य ओझाले का.बा अध्यक्षको रुपमा आयोगलाइ नेतृत्व दिइरहेकी छन । आयोगमा अरु ३ जना सदस्यहरु पनि नियुक्त हुन् बाँकी छ ।
बैठकमा आयोगका सचिवबाट प्रतिबेदन प्रस्तुत भएको थियो भने कार्यवाहक अध्यक्षको हैसियतले ओझाले जवाफ दिएकी थिईन । ओझाले बैठकले पदाधिकारी एक्लै पनि बैठक बस्न सक्ने , समग्र क्षेत्र समुदाय र बिपन्न बर्गमा समेत जान सक्नुका साथै तिनै तहका सरकार र अन्तरास्ट्रिय संस्थासंग समन्वय गर्न सक्ने सकारात्मक सुझाब आएको बताईन ।आयोगले गत आ.ब. को ४ महिनाको छोटो अवधिमा आयोगलाई संबैधानिक र मार्यादित रुपमा संचालन गर्न आवश्यक कार्यविधि र नियमावली निर्माण कार्य सम्पन्न गरेको छ।
FACEBOOK COMMENTS